logo-img

कोरोनाका बिरामीका लागि अस्पताल वर्गीकरण गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले कोरोनाबाट संक्रमित भएका बिरामीहरूका लागि छुट्टै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरूका लागि नन-कोभिड अस्पतालमा वर्गीकरण गरी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ । 

संघले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरूलाई कम्तीमा २० प्रतिशत र मेडिकल कलेजलाई १ तिहाई बेड छुट्याउनुपर्ने निर्णय अविलम्ब सच्याउन पनि माग गरेको छ ।

कोभिड र नन-कोभिडका बिरामीका लागि छुट्याएर उपचार गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भारसमेत पर्न जाने विज्ञप्तिमा उल्लेख छ ।



संघले कोभिडभन्दा नन-कोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकाले स्वास्थ्य संस्थामा उपचारमा संलग्‍न हुने सक्षम जनशक्तिकै अभाव भएर भयावह स्थिति सिर्जना चेतावनी दिएको छ ।

‘उच्च संक्रमणलाई न्यूनीकरण गरिसकेका कैयौं देशहरूको अनुभवलाई समेत ध्यानमा राख्दै नेपालमा अझै पनि संक्रमित भइ सकेकाहरूलाई छुट्टै स्वास्थ्य संस्थालाई कोभिड-१९ अस्पतालका रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमणलाई न्यून गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १९:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया