महामारीमा अग्रपङिक्तमा रही काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मान गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एशोसिएसनले महामारीको समयमा अग्रपङिक्तमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ । महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दिनरात नभनेर, भोकै, अनिदै सङ्क्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति आदरभाव राखी मनोबल उच्च गराउनेतर्फ अग्रसर हुन आग्रह गरिएको छ ।

बारले गलत अनचित गतिविधिमा संलग्नउपर कारवाही गर्न र संविधानले प्रदान गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको निर्वाध प्रचलन गराउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । पछिल्ला केही हप्तामा नेपालमा कोभिड–१९ को सङ्क्रमणको संख्या बढ्दै गएको छ । 

चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी आफ्नो घर, परिवार, भोक, चिन्ता सबै बिर्सेर आमनागरिकलाई कसरी जोगाउन सकिन्छ भनि पर्याप्त सुविधाको अभावमा पनि अहोरात्र कार्यक्षेत्रमा खटिइआएका छन् । उनीहरुको कामप्रतिको समर्पण भाव र जिम्मेवारीप्रति बारले आभार व्यक्त गरेको छ । 

कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोही पनि पेशा व्यवसाय गर्ने व्यक्ति अछुतो रहन सकेका छैनन् । सङ्क्रमणबाट बिरामी परेका र सङ्क्रमण मात्र देखिएका व्यक्तिको आत्मबल बढाउने खालका गतिविधि गर्नु सबैको कर्तव्य हुनुपर्नेमा कतिपय ठाउँमा सङ्क्रमण र सङ्क्रमणबाट निको भइसकेका व्यक्तिलाई समेत समाजले राम्रो व्यवहार नगरेको भनि पढ्न र देख्नु दु:खदायी कुरा भएको बारले जनाएको छ । 

अझ त्यसमा पनि हालै काठमाडौं, चितवन, मोरङ, संखुवासभा, जाजरकोटलगायतका जिल्लामा स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेसन वार्डलगायतमा भएका असामाजिक, अभद्र व्यवहारबाट अत्यन्त लज्जा र पीडा बोध गराएको बारले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार २०:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया