logo-img

कोरोनाको डरले मन्त्रिपरिषद्को बैठकमै गएनन अर्थमन्त्री

कोरोना संक्रमणको डरका कारण अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका छन् । 

आइतबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकमा अर्थमन्त्री खतिवडा अनुपस्थित भएका हुन्। 

दिनभर मन्त्रालयको काममै रहेका मन्त्री खतिवडा बालुवाटारको मन्त्रीपरिषद्को बैठकमा भने उपस्थित भएनन् ।



अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण हुने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएको बैठकमा उपस्थित एक मन्त्रीले बताए । 

क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा मन्त्रालयको काममा भने नियमित रुपमा उपस्थित भइरहेका छन् ।

मन्त्री खतिवडा सोमबार पनि सधैंझै बिहान ८ बजे नै अर्थमन्त्रालय पुगेका छन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १३:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया