कंगनाको समर्थनमा विक्रमः उनलाई व्वायकट गर्नु हुँदैन !

बलिउड अभिनेत्री कंगना रनौटले अहिले भारतमा निकै चर्चा कमाएकी छिन् । झन्, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि त कंगनाले बारम्बार बलिउडका माफिया भन्दै नयाँ विषयमा आफ्ना कुरा राखिरहेकी छिन् । कतिसम्म भने यो घटनामा उनले महेश भट्टलाई पनि चुनौति दिएकी छिन् । 

एकपछि अर्को ट्विट गर्दै कंगनाले बलिउडका कलाकारमाथि आक्रमण गरिरहेकी छिन् । 

यहीबीच उनको समर्थनमा देखिएका निर्देशक विक्रम भट्ट । टाइम्स अफ इन्डियालाई एक अन्तर्वार्ता दिँदै उनले कंगना शानदार अभिनेत्री भएको र उनलाई व्वायकट अहिले गर्न नहुने आफ्नो धारणा राखेका हुन् । 

कंगनाले अहिले चालेका कदमका कारण उनलाई नोक्सानी हुनसक्ने तर नोक्सानी भए पनि उनलाई अगाडि बढाउन बलिउडले कुनै कसर राख्न नहुने भट्टको तर्क आएको हो ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १८:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया