आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार नै अनुमति

सिट क्षमता अनुसार नै उडान गर्न पाउने भएपछि सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्चालकहरूले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्चालन गर्न दिनु भन्‍ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताए । असोज ५ गते सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु हुने ती अधिकारीले बताए ।

व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्याउन माग गर्दै आएका थिए ।

सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो । 





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १८:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया