logo-img

बंगलादेशमा बलात्कारको घटनामा पाँचजनालाई मृत्युदण्डको फैसला

बंगलादेशमा बलात्कारको घटनामा बिहीबार पाँचजनालाई मृत्युदण्डको फैसला सुनाइएको छ । गत साता बंगलादेश सरकारले बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन संशोधन गरेको थियो । बलात्कारको मुद्दामा मृत्युदण्डको फैसला यो पहिलोपटक हो ।
 
बंगलादेशको अदालतले  सन् २०१२ मा १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा उनीहरुलाई मृत्युदण्डको फैसला सुनाइएको हो । 

महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले बिहीबार उत्तरी जिल्ला टाङ्गिलबाइमा यो फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार पीडित बालिकालाई उनका केटा साथीले खोलानजिकैको क्षेत्रमा लगेर तीनजनाले बलात्कार गरेका थिए । अन्य दुईजनाले त्यसमा सघाएका थिए । 



यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १८:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया