हृदयाघात भएर अस्पताल भर्ना भएका कपिलदेव अस्पतालबाट डिस्चार्ज

बिहीबार छाती दुखेपछि भारतको नयाँ दिल्लीस्थित फोर्टी स्कोर्ट अस्पतालमा भर्ना भएका भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिलदेव डिस्चार्ज भएका छन् ।

तीन दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका उनलाई हृदयाघात भएको पुष्टि अस्पतालले गरेको छ । 

उनको मुटुको शल्यक्रिया पनि गरिएको थियो । अस्पतालले उनी केही दिनपछि दैनिक कार्यमा फर्किन सक्ने जनाएको छ । 

कपिलदेवको कप्तानीमा भारतीय क्रिकेट टिमले सन् १९८३ को एकदिवसीय विश्वकप जितेको थियो ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १७:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया