समृद्धि राईको फेसबुक ह्याक, मिस नेपालबारे बोलेको भिडियो डिलिट

मोडल तथा गायिका समृद्धि राईको फेसबुक अकाउन्ट ह्याक भएको छ । जानकारी राईले बुधबार आफ्नो फेसबुक अकाउन्टबाटै यसबारे दिएकी हुन् ।‘कसैले मेरो फेसबुक अकाउन्ट ह्याक गरेर मैले हिजो सेयर गेरका भिडियोहरु हटाएको छ ।’ राईले फेसबुकमा लेखेकी छन्, ‘मैले आफूले त्यहाँ जे भोगेँ त्यही कुराहरु बोलेकी छु, यसमा सहमत हुने नहुने आ-आफ्नो कुरा हो।’

डिलिट गरिएका केही भिडियो क्लिपहरु पुनः फेसबुकमा अपलोड गर्ने राईले जानकारी दिएकी छिन् । साथै, उनले आफ्नो अकाउन्ट ह्याक गर्नेबित्तिकै थाहा पाइहालेकाले ह्याकरले थप हानी गर्न नपाएको बताएकी छिन्।

राई केही दिनयता ‘यो हो टिभी’ मा दिएको अन्तर्वार्ताका कारण चर्चामा छिन् । समृद्धिले अन्तर्वार्तामा २०१० को मिस नेपालमा सहभागी हुँदा आफूले आयोजकहरूबाट भोग्नु परेको दुर्व्यवहारबारे बोलेकी थिइन् । उनले कार्यक्रममा बोलेका केही कुराहरु पछिल्लो समय निकै चर्चामा छन् । 

‘गोपाल कक्षवतीले मलाई भन्नुभयो– समृद्धि तिमी टप थ्रीमा थियौ, मैले तिम्रो नाम निकालिदिएँ । मैले किन सर भनेपछि उहाँले सिधै वी डन्ट लाइक यू । भन्नुभयो ।’ राईले योहो टिभीको ‘प्लेशो’ कार्यक्रममा भनेकी थिइन् । 
आफ्नो अकाउन्टबाट डिलिट गरिएको यो भिडियो पुनः अपलोड गरेकी छन् । 

राई सन् २००६ मा भएको मिस टिन नेपालमा तेस्रो भएकी थिइन् । मोडल समृद्धि राई पछिल्लो समय गायन र गीत लेखनमा पनि उत्तिकै सक्रिय छिन् । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १६:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया