अमेरिकी निर्वाचन सिस्टम के हो ? कसरी चुनिन्छन् राष्ट्रपति ?
अहिलेकाे अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार बाइडेन र ट्रम्प ।

अमेरिका फेरि ४ वर्षका लागि नयाँ राष्ट्रपति छान्ने प्रक्रियामा छ । यसपटक राष्ट्रपति उम्मेदवारका लागि दुई जना चुनावी मैदानमा भिडेका छन् । उनीहरु हुन्, डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकन पार्टीका अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प । 

अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्छ । तर, निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार नै राष्ट्रपति हुन्छन् भन्ने छैन । किनकि अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतदाताबाट चुनिने होइनन्, इलेक्टोरल कलेजबाट चुनिने हुन् ।

त्यसैले के बुझ्नु पर्छ भने अमेरिकीहरुले अमेरिकामा मतदान दिने भनेको उनीहरुले इलेक्टोरल कलेज बनाउने अधिकारीहरुलाई मतदान गर्ने हुन् । इलेक्टोरल कलेजको अर्थ हो केही व्यक्तिहरुको समूह जसले राष्ट्रपति र उपराष्ट्रपति चुन्नका लागि काम गरेका हुन्छन् । 

इलेक्टोरल कलेजको प्रत्येक चार वर्षमा भेट हुन्छ । उनीहरु चुनावको केही साताअघि देखि काममा हुन्छन् ।

अब इलेक्टोरल कलेज के हो र यो कसरी बन्छ भन्नेतिर लागौँ । 

इलेक्टोरल कलेजको संख्या त्यहाँको कुनै पनि राज्यको जनसंख्याको आधारमा बनेको हुन्छ । अमेरिकी कंग्रेसमा जति जना सांसद् हुन्छन्, त्यही आधारमा एउटा राज्यले इलेक्टर्सको संख्या निर्धारण गरेको हुन्छ । 



अहिले अमेरिकामा क्यालिफोर्नियामा सबैभन्दा धेरै इलेक्टर्स छन् । त्यहाँ ५५ जना इलेक्टर्स भएका हुन् । अलास्का, नर्थ डाकोटामा चाहिँ जम्मा ३ इलेक्टोर्स छन् । 

अमेरिकामा इलेक्टोर्सको संख्या ५ सय ३८ रहेको छ ।



प्रत्येक इलेक्टोर भनेको एक इलेक्टोरल भोट हो । अनि राष्ट्रपति निर्वाचित हुनका लागि त्यहाँ २ सय ७० वा त्यसभन्दा बढी इलेक्टोर्स भोट आवश्यक पर्छ । 

तर, त्यसमा पनि अलिक फरक नियम छ । मानौँ, टेक्ससमा कुनै पनि उम्मेदवारले ५०.१ प्रतिशत ल्याए भने त्यहाँका सबै ३८ इलेक्टोरल भोट तिनै उम्मेदवारलाई जान्छ । अर्कोतिर मानौँ, टेक्ससमा एउटा उम्मेदवारले निकै धेरै मत ल्याए भने पनि उनले पाउने सबै इलेक्टोरल भोट हो । तर, त्यसको संख्या चाहिँ पहिले नै निर्धारित भएको हुनसक्छ ।

तर, यसअघिका पाँच राष्ट्रपति निर्वाचनमा दुई पटक कम आम मानिसको मत ल्याएर पनि राष्ट्रपति निर्वाचित भएका छन् । तीमध्ये एक हुन्, डोनाल्ड ट्रम्प । सन् २०१६ मा उनले ३० लाखभन्दा कम भोट ल्याएका थिए, हिलारी क्लिन्टनको भन्दा तर उनी नै राष्ट्रपति निर्वाचित भए । त्यस्तै, सन् २००० मा पनि जर्ज बुसले २ सय ७१ इलेक्टोरल भोट ल्याएका थिए । तर, उनले डेमोक्रेट उम्मेदवार अल गोरका भन्दा कम्तिमा पनि पाँच लाख कम मत पाएका थिए ।

सन् १७८७ मा जब अमेरिकाको संविधान बनेको थियो, त्यति बेला प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति चुन्न असम्भव मानिएको थियो । यो हुनुको कारण त्यहाँ त्यति बेला सूचना तथा सन्चारको विकास नहुनु हो भनिन्छ ।

त्यसैले, त्यहाँ वासिङटनमा मात्र राष्ट्रपति निर्वाचित गर्न जनप्रतिनिधि नपठाएर विभिन्न राज्यमा इलेक्टोरल कलेजको परिकल्पना गरे ।

तर, यति कुनै पनि उम्मेदवारले यो इलेक्टोरल कलेजबाट पनि बहुमत ल्याउन सकेनन् भने अमेरिकी संविधानअनुसार संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपतिका लागि मतदान गर्छन् । 

अहिलेसम्म अमेरिकी इतिहासमा यस्तो एकपटक मात्र भएको छ । सन् १८२४ मा चार अमेरिकी राष्ट्रपति उम्मेदवारमा मत बाँडिदाँ कसैको पनि बहुमत पुगेको थिएन । त्यसैले संसदको तल्लो सदनमा उनीहरुका लागि मतदान भएको थियो । 

तर, अहिले अमेरिकामा दुई मुख्य दलले मात्र राजनीतिमा प्रभाव राखेका छन् । त्यसैले यो अवस्था आउने सम्भावना निकै कम हुन्छ ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १८:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया