यसकारण पार्टीहरुमा सहभागी हुँदैनन् अक्षय

बलिउड अभिनेता अक्षय कुमार राति छिटो सुत्ने बानीमा नै रमाइलो मानिरहेका छन् । यसबारे त उनको विषयमा चासो राख्ने सबैलाई थाहा भएकै कुरा हो । 

त्यसो त उनी छिटो उठ्ने फिटनेस फ्रिक पनि हुन् । अक्षयले बारम्बार आफ्ना अन्तर्वार्ताहरुमा आफू छिटो उठ्ने गरेको बताउँदै आएका छन् । 

अनि उनी यही बानीका कारण बलिउडमा हुने अबेर रातिका पार्टीहरु अटेन्ड गर्दैनन् । द कपिल शर्मा सोमा पुगेका अक्षयबारे कपिलले यस विषयमा चर्चा गरेका थिए । उनले सोधेका थिए– तपाईं पार्टीहरुमा नजानुको कारण के हो ?

कपिलले फेरि अक्षयलाई प्रश्न गरे– तपाईं यसकारण पार्टीमा जानुहुन्न रे किनकि फेरि आफूले पनि पार्टी दिनुपर्छ र खर्च गर्नुपर्छ भन्ने सोच्नुहुन्छ ?

यो प्रश्न आएसँगै अक्षय कुमार केही समय हाँसे । अनि भने– यो कुरा साँचो हो ।

यसअघि करण जौहरको कार्यक्रम कफी विद करणको एक कार्यक्रममा पुगेका अक्षयले भनेका थिए, ‘मलाई निद्रा नै निकै प्यारो छ । अनि म विहान छिटो उठ्न मन पराउँछु । त्यसैले म खासै पार्टीहरुमा जान्नँ ।’





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार ११:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया