कोरोना भ्याक्सिनः अक्सफोर्डको भ्याक्सिनको पनि नतिजा उत्साहजनक

अक्सफोर्ड विश्वविद्यालयमा अहिले तयार भइरहेको कोरोनाभाइरस भ्याक्सिनका लागि पनि खुसीको खबर सार्वजनिक भएको छ । 

भ्याक्सिनको परीक्षणमा आएको नयाँ समाचारअनुसार ६० तथा ७० वर्षका वृद्धहरुमा गरिएको परीक्षणले पनि उत्साहजनक रुपमा सफलताका साथ काम गरेको बताइएको छ ।

त्यसैले यो भ्याक्सिनका कारण अब कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको उमेर समूहलाई पनि फलदायी हुनसक्ने बताइएको छ ।

प्रख्यात विज्ञान म्यागजिन ल्यानसेटमा यो भ्याक्सिनको दोस्रो चरणको परीक्षणमा निकै राम्रो नतिजा आएको बताइएको छ । वैज्ञानिकहरुले यो भ्याक्सिनलाई ५ सय ६० स्वस्थ व्यक्तिहरुमाथि परीक्षण गरेका थिए । यसको नतिजा राम्रो आएको उनीहरुले बताएका हुन् ।

वैज्ञानिकहरुले अब यो भ्याक्सिनले मानिसमा कोरोनाभाइरस संक्रमणलाई नै रोक्न सक्ने या नसक्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । उनीहरुका अनुसार अब यो भ्याक्सिनको तेस्रो चरणको नतिजा केही सातामा आउने भएको छ ।

यसअघि फाइजर, स्पुतनिक तथा मडेर्ना कम्पनीका भ्याक्सिनहरुको तेस्रो चरणको परीक्षणमा ६५ वर्षभन्दा बढी उमेर समूहमा भ्याक्सिनको प्रभावकारित ९४ प्रतिशत भएको दाबी गरिएको छ ।



अक्सफोर्डले बनाएको भ्याक्सिनको तथ्यांक तथा एनलाइसिस अहिले सुरुवाती चरणमा रहेको छ । अब यसले मानिसको शरीरमा कस्तो काम गर्छ भन्नेबारे केही समयपछि विशेष तथ्यांक आउने बताइएको छ ।

बेलायत सरकारले अक्सफोर्डको यो भ्याक्सिनको १० करोड डोन, फाइजर कम्पनीको भ्याक्सिनको चार करोड डोन र मडेर्ना कम्पनीको भ्याक्सिनको ५० लाख डोजका लागि अर्डर गरिसकेको छ ।



  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १९:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया