logo-img

रौतहट बमकाण्डः महताब आलम पुर्पक्षका लागि थुनामा

रौतहट बमकाण्डका आरोपित महताब आलमलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ । महताब कांग्रेस नेता एवं निलम्बित सांसद मोहम्मद अफताब आलमका भाइ हुन् । 

न्यायाधीश मणिराम न्यौपानेको इजलासले आइतबार आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसुरमा मुद्दा चलाइएको छ ।



मंसिर २२ गते प्रहरीले पक्राउ परेका आलममाथि ०६४ चैत २७ गते त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका व्यक्तिहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । 

घटनाका मुख्य योजनाकार मानिएका पूर्वमन्त्री आलम हाल नख्खु कारागारमा थुनामा छन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार २०:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया