सन् २०२१ मा ऋचाको ‘कौसीद’ आउने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर अभिनेत्री ऋचा शर्माले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । हाल कमेडी च्याम्पियनको दोस्रो सिजनमा व्यस्त यी अभिनेत्रीले ‘कौसीद’नामक चलचित्र निर्माण गर्ने भएकी हुन् ।

कुमार भास्करले निर्देशन गर्न लागेको चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरले चलचित्र बैंकबाट ऋण लिने मानिसको कथामा केन्द्रित हुने संकेत गरेको छ ।

भोलाराज सापकोटा र ऋचा शर्मा चलचित्रको शीर्ष भूमिकामा देखिने छन् । आफ्नो प्रस्तुतिमा बन्ने यो चलचित्रलाई नयाँ जोश र उत्साहका साथ बनाउने भन्दै ऋचा उत्साहित भएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो नयाँ चलचित्रको पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘२०२० मेरा लागि अप्रत्यासित वर्षका रुपमा रह्यो, एकदमै तितोमिठो मिश्रित अनुभव दिने खालको । सन् २०२१ को शुभारम्भ सँगै, नव जोस र पूर्ण उत्साहका साथ नयाँ कामतिर लक्षित हुँदै चलचित्र ‘कौसीद’को निर्माणमा लाग्दैछु । सदा झै माया, साथ र आशीर्वादको अपेक्षा राखेको छु ।’





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १३:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया