अमिताभको आवाजले दिग्दार भएको भन्दै अदालतमा उजुरी

भारतमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन्, अमिताभ बच्चन । अमिताभ बच्चनको आवाजका फ्यान पनि धेरै छन् । 

तर, उनको आवाजका कारण दिग्दारी भएको भन्दै एक व्यक्ति अदालतमा पुगेका छन् । अमिताभको यो आवाज हो, मोबाइलमा कसैलाई फोन गर्दा आउने आवाज ।

अहिले नेपालमा जस्तै मोबाइलमा फोन गर्दा भारतमा कोरोनाविरुद्धको सचेतना बज्ने गरेको छ । मार्च देखि नै भारतमा यस्तो कलरट्युन राखिएको थियो जसमा अमिताभ बच्चनको आवाज राखिएको छ । 

तर, अब यही आवाजका कारण दिग्दारी भएको भन्दै दिल्लीको अदालतमा एक व्यक्तिले उजुरी दिएका छन् । 

त्यसो त यसअघि सामाजिक सन्जालमा पनि अमिताभका प्रशंसकलाई यसलाई रोक्न अनुरोध गरेका थिए । अमिताभले यसमा माफी माग्दै आफू क्षमाप्राथी रहेको बताएका थिए ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १४:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया