पिपल्स च्वाइस अवार्ड भलिबलकी अरुणालाई

नेपालक खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी अरुणा शाहीले हात हात पारेकी छन् ।

गत वर्ष नेपाली महिला भलिबल टिमले सागमा ऐतिहासिक रजत तथा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण जित्दा अरुणा टिमकी कप्तान थिइन् ।

यो अवार्डको विजेता घोषणा इ–सेवा भोटिङ, फेसबुक लाइक, विभिन्न खेल संघका मुख्य प्रशिक्षक तथा आयोजक मञ्चमा सदस्यहरूका मतलाई आधार मानेर गरिएको थियो । 

यो अवार्डका लागि कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह मनोनयनमा परेका थिए । 

अरुणाले ३७.५२ प्रतिशत मत पाउँदा, माण्डेकाजीले २८.४५, सदिनाले १३.४९, गौरिकाले १३.३० र सावित्राले ७.२९ प्रतिशत मत प्राप्त गरे । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया