नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित एक विरोधसभामा सम्बोधन गर्दै नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको आरोप लगाएका हुन् ।
संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहे पनि राष्ष्ट्रपतिले संविधानको बर्खिलाप आएको प्रतिनिधिसभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकोमा उनले आपत्ति जनाए । नेपालको परिवेश अनुकुल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको उनको दाबी थियो ।
संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जनताले नेकपालाई दुईतिहाइको हाराहारीमा मत दिएको, तर ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिंहले बताए ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध र्याली तथा सभा सम्पन्न गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।