logo-img

जीवन बिमा कम्पनीले आर्जन गरे ६३ अर्ब बिमा शुल्क
नेपाल लाइफ अग्रस्थानमा रहँदा सूचीको अन्तिममा महालक्ष्मी

नेपालमा सञ्चालित १९ जीवन बिमा कम्पनीले चालू आर्थिक वर्षको छ महिनासम्ममा करिब ६३ अर्बको व्यवसाय गरेका छन् ।

बिमा समितिको तथ्यांकअनुसार जीवन बिमा कम्पनीले ६२ अर्ब ८५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् ।

जीवन बिमाअन्तर्गत नेपाल लाइफले सर्वाधिक बिमा शुल्क संकलन गर्दा  सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको छ । 

समीक्षा अवधिमा नेपाल लाइफले १७ अर्ब ६२ करोड रुपैयाँ  बिमाशुल्कको आर्जन गर्दा महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँमात्रै आर्जन गरेको छ । 
बिमा कम्पनीहरुले संकलन गरेको कुल बिमाशुल्कमा नेपाल लाइफ एक्लैको २८.०६ प्रतिशत योगदान रहेको छ । 

समीक्षा अवधिमा एलआइसी नेपालले पनि ९ अर्ब ६१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्दा राष्ट्रिय बिमा संस्थानले ५ अर्ब ८१ करोड र नेशनल लाइफले ५ अर्ब ५४ करोड रूपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।

युनियन लाइफ र एशियन लाइफले समान ३÷३ अर्ब रूपैयाँभन्दा बढी बिमाशुल्क आर्जन गर्दा सूर्या लाइफ, गुराँस लाइफ मेट लाइफ र प्राइम लाइफले २ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् ।



सिटिजन लाइफ, ज्योति लाइफ, रिलायवल लाइफ र रिलायन्स लाइफले १ अर्बमाथि बिमा शुल्क आर्जन गरेका छन् । 
सन नेपाल लाइफ, सानिमा लाइफ, आइएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफको कुल बिमाशुल्क आर्जन भने एक अर्बभन्दा तल रहेको छ ।



  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १७:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया