logo-img

हुम्लामा खच्चरमा ओसार्दै गरेको चिनियाँ मदिरा बरामद

हुम्लामा चिनियाँ मदिरासहित एक जना पक्राउ परेका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको हो । 

खार्पुनाथ–४ बाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरा खच्चरमा बोकाएर बिक्रीका लागि लैजाँदै गर्दा लालीका ३८ वर्षीय धीरेन्द्र शाही प्रक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले जानकारी दिए । 

मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले व्यवस्थापनका क्रममा पक्राउ परेको प्रहरीको अनुमान छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 







  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १८:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया