बिहीबार साँझसम्म २८ हजार ७ सय ३२ जनाले लगाए कोरोना खोप

नेपालमा बिहीबार साँझसम्म २८ हजार ७ सय ३२ ले लगाए कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोभिड–१९ खोप अभियानअन्तर्गत दोस्रो दिन साँझ ५ सम्म २८ हजार ७ सय ३२ ले खोप लगाएका हुन् ।

जसअनुसार प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा ४ सय ८५३, लुम्बिनी २ हजार ३ सय ३, कर्णालीका १ हजार ६ सय ७७ र सुदूरपश्चिममा २ हजार ४ सय १६ जनाले खोप लगाएका छन् । अहिलेसम्म खोप लगाएका व्यक्तिहरू कसैमा पनि समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । 

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरू, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीलगायतलाई खोप दिइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाधित्रमा सबै नेपालीलाई निःशुल्क खोप दिइने दाबी गर्दै आएका छन् । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार २०:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया