logo-img

‘बिमा क्षेत्रमा सुशासन आवश्यक’

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको बताएका छन् । 

बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालको सपथ ग्रहण कार्यक्रममा सचिव पुडासैनीले बिमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताए ।

कोरोना बिमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाइ छ । सरकारको स्वामित्वमा रहेका दुई बिमा कम्पनीलाई पारदर्शी बनाउनुपर्ने पनि उनले बताए ।

बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

बिमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समीक्षा गरिने उनले बताए । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले नवनियुक्त अध्यक्ष सिलवाललाई शपथ खुवाएका थिए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार २२:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया