logo-img

‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ’


किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने तयारीमा मन्त्रालय लागेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । 

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्नेमा जोड दिइन् । बजारीकरण आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ ।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्री हुने वातावरण बनाउन सरकारका तर्फबाट योजना ल्याउने उनले बताइन् ।



आगामी दिनमा जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने उनले बताइन् । किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ ।कालीमाटी बजारको फोहोर वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १४:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया