‘अस्पताल निर्माणका लागि आर्थिक अभाव हुँदैन’


अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्ने वीर​ अस्पतालका लागि आर्थिक अभाव नहुने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा  अस्पताल निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायबाट बाधा नहुने बताए । 

अस्पतालसम्म पुग्ने बाटो निर्माण केन्द्र सरकारले नै गर्ने बताए । आगामी छ महिना भित्रमा विजुली, पानीजस्ता अत्यावश्यकीय सेवा उपलब्ध हुनेसमेत उनको भनाइ थियो । 

अर्थमन्त्री सँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठुलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु लागेको बताए ।  अस्पताल निर्माणको कामलाई आफ्नै ठानेर सहयोग गर्न उनले स्थानीयलाई आग्रहसमेत गरे । 

अस्पतालका लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्यावहरु बन्ने बताइएको छ ।

अस्पताल निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भए पनि ढल पानी विद्युत् बाटोलगायत कुनै पनि भौतिक पूर्वाधारबिना काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्षदेखि काम रोकिएको थियो ।





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १५:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया