पहिलेका राजा–महाराजाको शैलीमा अहिले राष्ट्रपति : गगन थापा


नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउको विषयलाई लिएर नेपाली कांग्रेसका नेता गगन थापाले सकारमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेकाले पक्राउले समस्या समाधान नहुने चर्चा गरेका  छन् ।

थापाले ट्विटरमा सरकारलाई प्रश्न गर्दै लेखेका  छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउने ?’ ‘उहिले राजा–महाराजा, अहिले राष्ट्रपति !,’ पहिलेको राजा–महाराजाको शैली अहिले राष्ट्रपतिमा देखिनुलाई उनले आश्चर्यको विषय भनेका छन् । 

सत्यको पक्षमा बोल्नेको मुख कहिल्यै थुन्न नसकिने उल्लेख गर्दै  थापाले भनेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १४:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया