logo-img

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहको सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारमा बोलाइएको यो बैठकमा यो समूहका सचिवालय सदस्यहरु उपस्थित छन् । 

यो समूहका एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार अब संसद अधिवेशनमा थप नयाँ खाका र कार्यनीति के बनाउने भन्ने विषयमा छलफल गर्न यो बैठक बसेको हो ।

अर्कोतिर आजै बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा बोलाउने तयारी गरेको छ । 



प्रतिनिधिसभाको पहिलो बैठकमा नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव कसरी ल्याउने र यसको खाका के हुने भन्नेबारे आजको सचिवालय बैठकमा छलफल हुने तय भएको ती नेताले फरकधारलाई जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १०:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया