माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा गएनन् बादलसहितका नेता

काठमाडौं : नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमा लागेका रामबहादुर थापा बादलसहितका नेताहरु माओवादी केन्द्रको मंगलबार बसिरहेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन्।

सर्वोच्च अदालतले फागुन २३ मा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपालाई खारेज गरिदिएपछि ब्यूँतिएको साविकको नेकपा माओवादी केन्द्रको बैठक अहिले पेरिस डाँडामा बसिरहेको छ।

सर्वोच्चको निर्णयपछि प्रचण्डसँग लागेका माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु साविकको एमालेमा फर्किसकेका छन्। यस्तोमा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टसहितका स्थायी कमिटी सदस्यहरु माओवादी केन्द्रमा फर्किने अपेक्षा गरिएको थियो। 

बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलसहितका नेताहरु सहभागी भएका छन्। 

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको स्थायी कमिटी बैठकमा बादलसहितका कुनै पनि नेता नगएका हुन्। साविकका पार्टी ब्यूँतिए पनि आफूहरु माओवादी केन्द्रमा नजाने अडान ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापाले लिइसकेका छन्। 

यस्तोमा मौन रहेका बादल, लेखराज भट्टसहितका नेताहरुसँग प्रधानमन्त्रीले मंगलबार बालुवाटारमै संवाद गरेका थिए। उनले एमालेमा आइपुगेका माओवादी केन्द्रका नेताहरुलाई 'होल्ड' गर्ने गरी संवाद थालेका हुन्। 





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १४:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया