'अबको एक सातामै ओलीलाई सरकारबाट विदा गर्छौँ'

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अबको साता दश दिनमै संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महामन्त्री कोइरालाले यस्तो दाबी गरेका हुन्। कोइरालाले ओलीलाई सत्ताबाट हटाएर कांग्रेस नेतृत्वमा, माओवादी केन्द्र र जसपासहित गठबन्धन बनाइने पनि जिकिर गरे। 

सरकारबारे निर्णय लिने कुरामा सभापति शेरबहादुर देउवा मौन रहेको अवस्थामा महामन्त्री कोइरालाले यस्तो बताएका हुन्। ‘केपी ओलीको विकल्प खोज्नुपर्छ। ओली अवैधानिक, असंवैधानिक हुन्', उनले भने, 'किनभने उनले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेले।

ओलीलाई विदा गर्न तीनै दलका नेताहरुसँग वार्ता भइरहेको उनले बताए। ‘हामी विभिन्‍न दलका नेताहरुसँग छलफल गरिरहेका छौँ', उनले अगाडि भने, 'साता दश दिनमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर उनलाई विदा गर्छौँ।'





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १५:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया