म्यानमारमा 'कू'मा संलग्न सैन्य अधिकारीमाथि युरोपियन युनियनको प्रतिबन्ध
फाइल तस्बिर

युरोपियन युनियनले म्यानमारको सेनाका अधिकारीहरु माथि प्रतिबन्ध लगाएको छ । म्यानमारमा प्रजातन्त्र खोस्दै जननिर्वाचित सरकारलाई खारेज गरेर सैनिक शासन लागु गराउने अधिकारीहरुलाई प्रतिबन्ध लगाएको इयूले जनाएको छ । 

इयूका विदेशमन्त्रीले म्यानमारका ११ सैन्य अधिकारीलाई प्रतिबन्धको अन्तिम तयारी भइसकेको बताएका छन् । संयुक्त राष्ट्रसंघको आग्रह अनुसार नै इयूले प्रतिबन्ध लगाउने तयारी सकाएको जनाइएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार गत महिना २७ वटा देशहरुको संयुक्त विचार र भावना अनुरुप नै इयूले प्रतिबन्ध लगाउने तयारी सकाएको हो ।  सत्ता कब्जा गरेर आर्थिक र हतियारमा शक्ति बढाउने उद्देश्यमा लागेको म्यानमारको सेनाका अधिकारी माथि प्रतिबन्ध लगाउन इयूका सबै सदस्य सहमत भएका थिए । 

प्रतिबन्धमा परेका सैन्य अधिकारीहरुलाई इयूले ब्ल्याकलिस्टमा राखेको छ ।  यस्तै उनीलाई भिसामा पनि प्रतिबन्ध लागेको छ । प्रतिबन्ध लाग्नेमा केही प्रहरी अधिकारी समेत रहेका छन् । 

यसअघि संयुक्त राष्ट्रसंघले पनि म्यानमारका ११ जनाभन्दा बढी सैन्य अधिकारीहरुलाई प्रतिबन्ध लगाइसकेको छ । उनीहरुलाई सत्ता कब्जामा लिएको र प्रजातन्त्रमाथि हमला गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । 

युएनले म्यानमारले पाउने हतियार तथा आर्थिक सहयोगमा कटौतीको प्रस्ताव अन्तर्गत प्रतिबन्ध लगाएको जनाएको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार ११:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया