logo-img

उद्योग वाणिज्य संघले कर्णाली प्रदेशको स्रोत व्यवस्थापनमा विश्वविद्यालयलाई सघाउने

नेपाल उद्योग वाणिज्य महासंघले कर्णाली प्रदेशको आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न मध्यपश्चिम विश्वविद्यालयलाई सघाउने भएको छ । यस सम्बन्धमा आइतबार उद्योग वाणिज्य महासंघ र विश्वविद्यालयबीच सम्झौता भएको हो ।

विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) का निर्देशक डा. सुशीलकुमार शाही र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदमबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदेशमा आयात–निर्यात हुने वस्तुको अभिलेखीकरण राख्ने, कर्णाली प्रदेशमा रहेका उद्योगहरूको तथ्याङ्क तयार गरी प्रविधि, कच्चा पदार्थ र बजेट पहिचान गरी कार्यक्रम अघि बढाउने, मुसोममा अध्ययनरत विद्यार्थीलाई इर्न्टनसिप र रोजगारीका लागि सहकार्य गर्ने लगायतका १७ वटा बुँदामा सहमति भएको हो । सम्झौता अवधि ५ वर्षको तोकिएको छ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिस्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेल समेत उपस्थित थिए ।
 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १७:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया