सन्दीपले इंग्ल्याण्डको घरेलु टि-२० प्रतियोगिता खेल्ने

नेपाली युवा स्टार सन्दीप लामिछानेले घरेलु टि-२० प्रतियोगिता खेल्ने भएका छन् । नेपाली ले ग स्पिनर सन्दीपले 'भिटालिटी टि-२० ब्लास्ट’ खेल्ने भएका हुन् ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि-२० ब्लास्ट सन् २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । जसमा सन्दीपले पहिलो पटक खेल्न लागेका हुन् । 

सन्दीपले वोर्सेस्टरशायर काउण्टी क्रिकेट क्लबबाट टि-२० ब्लास्ट खेल्ने पक्का भएको हो । क्लबले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार ९:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया