प्रदेश १ : माधव समूहले फिर्ता लियो मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् ।

मंगलबार सामूहिक रुपमा १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन्। गत बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । 

उक्त निर्देशनपछि मङ्गलबार १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

गत पुस १२ गते तत्कालीन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । माधव नेपाल समूहका पाँच जना सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन्। 





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार २०:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया