देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैलाई छैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन् । अबको एक हप्ताभित्र सबै राजनीतिक विषय टुङ्गिनुपर्ने उनको भनाइ छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने भन्दै थापाले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ ।’ 

जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि कांग्रेस–माओवादीलाई समर्थन गर्ने निर्णय गर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ ।’ 

संसदलाई यसरी किंकर्तव्यविमुढ जस्तो अवस्थामा राख्न नहुने भन्दै थापाले यसो गर्नु देशप्रतिको घात भएको बताए । उनले भने, ‘अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम एक हप्ताभित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार २०:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया