कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । कोरोना खोपका दुवै डोज पूरा गरेका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल कोरोना संक्रमित भएका छन् ।
उनले वैशाख ८ गते दोस्रो डोज खोप लगाएका उनीसँगै उनकी पत्नी पनि कोरोना संक्रमित भएकी छिन् । उनीहरुले शुक्रबार काठमाडौंको केएमसी अस्पतालमा कारोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
नेपाल सरकारले अग्रपंक्तिमा खटिने नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप वितरण गरेको थियो । चिकित्सक नेपालले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए ।
डा. नेपाल स्वयंले कोभिड १९ को प्रकोपका बेला प्लाज्मा थेरापीबाट धेरै संक्रमितलाई निको पारेका थिए ।
दुवै डोज खोप लगाए पनि कोरोना संक्रमणको जोखिम कायम रहन्छ भन्ने डा. नेपालमा कोरोना देखिनुले पुष्टि भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।