सुर्खेतका ९ वटै पालिकामा अक्सिजन सहितको आइसोलेसन बेड राखिने

सुर्खेतका ९ वटै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेसन बेड राखिने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले संक्रमितलाई मध्यनजर राख्दै आइसोलेसन बेड राख्ने निर्णय गरेको हो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बजार क्षेत्रमा बढ्दो संक्रमणको दरलाई न्यूनीकरण गर्न उद्योग वाणिज्य संघ, सुर्खेतको अगुवाइमा बजार क्षेत्रका सबै पसलहरूमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न लगाउने, त्यसको जानकारी व्यवस्थापन केन्द्रलाई दिने निर्णय गरेको हो । 

यस्तै प्रदेश अस्पताल सुर्खेतले कल सेन्टरको स्थापना गरी सार्वजनिक सञ्चारमाध्यममार्फत सबैलाई जानकारी गराउने, दिन प्रतिदिन संकट बढ्दै गएको वीरेन्द्रनगरमा नगरभित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १८:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया