भीम रावलको प्रश्न : ओली गुट कानुन भन्दामाथि हुने गोप्य अध्यादेश जारी भएको हो ?
फाइल फोटो

एमाले नेता भीम रावलले प्रधानमन्त्री ताथ एमाले अध्यक्ष केपी ओलीको गुटले आफूलाई सबै कानुन नियमभन्दा माथि राखेको भन्दै आलोचना गरेका छन् । 

सोमबार सामाजिक सञ्चालमार्फत आफ्ना धारणा राख्दै नेता रावलले कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने सरकारका प्रधानमन्त्री र उनी निकटले भेला, बैठक, समारोह गरिरहेको भन्दै आपत्ति जनाएका हुन्। 

‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ?’ रावलले प्रश्न गरेका छन् ।  कानुन सबैका लागि बराबर हुनुपर्ने उनको भनाइ छ।  





  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार १५:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया