माओवादी केन्द्रले धनुषाका एक नगरप्रमुख र तीन उपप्रमुखलाई सोध्यो स्पष्टीकरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) धनुषाले धनुषाका एक नगरप्रमुख र तीन उपप्रमुखसँग स्पष्टीकरण सोधेको छ । 

विदेह नगरपालिकाका मेयर बेचन दास, सहिदनगर नगरपालिकाका उपप्रमुख शिलादेवी कापर, सबैला नगरपालिकाका उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका उपप्रमुख निलमदेवी मण्डलसँग पार्टीले स्पष्टीकरण सोधेको हो । 

पार्टीलाई बेवास्ता गर्दै नेकपा एमालेतर्फ लागेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको बताइएको छ । पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै पत्र प्राप्त भएको ३ दिनभित्रमा लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न निर्देशन दिइएको माओवादी केन्द्र धनुषाका इन्चार्ज योगकुमार बरबरिया यादवले जानकारी दिए । 

सो स्पष्टीकरण पत्रमा लेखिएको छ,‘सर्वोच्च अदालतको निर्णयअनुसार पार्टी पुरानै अवस्थामा फर्के पनि पार्टीका कार्यक्रममा तपाईंको सहभागिता के–कति कारणले भइरहेको छैन ? तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के–कति कारणले छैन ? तपाईंले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन ? भन्ने प्रश्नसहितको जवाफ दिनुहोला ।’

उता, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई समेत स्पष्टीकरण सोधिएको छ । नेकपा माओवादी केन्द्र महोत्तरीका अध्यक्ष तुलसीप्रसाद ढुंगानाले अध्यक्ष फारुकलाई समेत अन्य पार्टीको गतिविधिमा संलग्न भएको भन्दै स्पष्टीकरण मागेका हुन् ।





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १७:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया