काठमाडौंमै सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ४० हजार २२२ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमित २९ हजार १४४ छन्। त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ६ हजार ५५९ जना छन् भने भक्तपुरमा ४ हजार ५१९ जना सक्रिय संक्रमित छन्। 

यी तीन जिल्लामा अहिलेसम्म कोरोनाबाट  एक हजार ३५४ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौंमा ९१३ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २५३ जनाको कोरोनाबाट मृत्यु भइसकेको हो।  





  • प्रकाशित मिति : वैशाख २८, २०७८ मंगलबार १८:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया