ला लिगा : ग्रानाडामाथि शानदार जितसँगै रियल दोस्रो स्थानमा

रियल मड्रिडले ला लिगा फुटबलमा ग्रानाडामाथि शानदार जित निकालेको छ । जितसँगै साविकको विजेता रियल ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा ग्रानाडामाथि ४१ गोल अन्तरको जित निकाल्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । यससँगै ला लिगा उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । 

ग्रानाडाको घरेलु मैदानमा रियललाई शानदार जित दिलाउन लुका मोड्रिच, रोड्रिग्यो, अल्भारो ओड्रिनोजोला र करिम बेन्जेमाले गोल गरे । ग्रानाडाका लागि जोर्गे मोलिनाले गोल गरे । 

खेलको १७औँ मिनेटमा गोल गर्दै मोड्रिचले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा रोड्रिग्योले गोल गर्दै अग्रता दोब्बर पारे । 

दोस्रो हाफको ७१औँ मिनेटमा ग्रानाडाका लागि मोलिनाले गोल गर्दै गोल अन्तर कम गर्ने प्रयास गरेका थिए । तर, खेलको ७५औँ मिनेटमा अल्भारो र ७६औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ४१ को जित दिलाए । 

ला लिगा अंक तालिकाको शीर्ष स्थानमा ८० अंकसहित एट्लेटिको मड्रिड रहेको छ भने दोस्रोमा ७८ अंकसहित रियल मड्रिड र तेस्रोमा ७६ अंकसहित बार्सिलोना रहेका छन् । तीनवटै टिमले अब २ खेल खेल्न बाँकी रहेको छ । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार ७:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया