उपेन्द्र यादवले बोलाए जसपाको आफूपक्षीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधर कार्यकारिणी सदस्य र सांसदहरूको अनौपचारिक बैठक बोलाएका छन् । यादवले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । 

जसपामा आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा बहुमत सांसद उभिएपछि आफ्नो समूहको बैठक बोलाएका हुन् । यसअघि, बराबर सांसद रहेको भनिएपनि अहिले यादव पक्ष अल्पमतमा देखिएको छ । 

यादव समूहको आजको बैठकमा राजेन्द्र महतोलाई संसदीय दलको नेताको रूपमा चयन गरिएको समाचारलाई खण्डन गर्ने मुख्य एजेण्डा रहेको जसपा स्रोतले जनाएको छ ।

यस्तै, बैठकमा बहुमत कार्यकारिणी सदस्यको उपस्थितिमा ओली सरकारमा कुनै हालतमा नजाने निर्णय पनि गर्ने यादव समूहको तयारी छ । ओली सरकारलाई विश्वासको मत पनि नदिने कुरामा बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

यादव समूहको बैठकमा आफ्नो पक्ष छोडेर महन्थ-राजेन्द्र पक्षमा लागेका २ जना प्रत्यक्ष निर्वाचित सांसद बिमल श्रीवास्तव र उमाशंकर अरगरिया तथा २ समानुपातिक सांसद रूही नाज र कलुदेवी विश्वकर्मालाई अनुशासनको कारबाही गर्ने बारे पनि छलफल हुने स्रोतले बताएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १०:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया