लमजुङ भूकम्प : ७ घर भत्कियो, ३ जना घाइते

बुधबार बिहानै लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म ७ घर भत्किएका छन् । ३ जना घाइते भएका छन् । 

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाभर सात घर भत्किनुका साथै तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ । 

भूकम्पमा परी घाइते भएकाहरुको बेँशीसहर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भूकम्पले बेँशीसहर ८ र मर्स्याङ्दी–३ खुदी तरापुमा विभिन्न व्यक्तिको घरमा क्षति पुगेको सूचना आएको प्रहरीले जनाएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने ६ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ८:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया