‘असल कम्युनिस्ट ओलीलाई छाडेर प्रतिक्रियावादी देउवालाई कसरी प्रधानमन्त्री बनाउनु ?’

लेखक खगेन्द्र संग्रौलाले एका घरमा सहयात्री ओलीलाई छाडेर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री बनाउने कुरा आकाशको फल आँखा तरी मर भनेजस्तै भएको बताएका छन् । 

प्रधामन्त्रीमा लागि दावी पेश गरेका देउवाको प्रस्तावलाई बेवास्ता गर्दै राति नै राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि संग्रौलाले व्यंग्य गर्दै प्रतिक्रिया दिएका हुन् । 

आफूलाई २ पटक राष्ट्रपति बनाइदिने र मौका परे फेरि बनाउन सक्ने कृपाकारी ओलीको विकल्पमा जाने राष्ट्रपति कसरी तयार हुनु ? भन्दै प्रश्न गरेका छन् । 

‘जवजका अटल सहयात्री ओली, एकाघरका यस्ता असल कम्निस्ट ओलीलाई छाडेर प्रतिक्रियावादी देउवालाई प्रधानमन्त्री बनाइदिने ? हैट! आकाशको फल,आँखा तरी मर’ संग्रौलाले व्यंग्य गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ६:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया