कोभिड नियन्त्रणमा सरकारले छुट्यायो ३७ अर्ब ५३ करोड

सरकारले कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

उनले कोभिड १९ को रोकथाम र खोपका लागि बजेट अभाव नहुने पनि बताएका छन्। सबै अस्पतालमा उपचारको व्यवस्था गरिने बताउँदै पौडेलले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको बताए। 

पौडेलले १ सय शय्यामाथिका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट खोल्ने भएको छ। अक्सिजनका सामानमा पूरै भन्सार छुट गरिने उनले बताए। अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीको शुल्कमा ५० प्रतिशत छुट घोषणा उनले गरे। 

पौडेलले भेन्टिलेटरसहितका उपकरण खरिद गर्न ४ अर्ब बजेट छुट्याएको बताए। उनले स्वास्थ्य सामाग्री खरिदमा भन्सार महसुस छुट दिने बताए। पौडेलले स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्तासहित सुविधा दिने बताए। 

पौडेलले कोभिड नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट छुट्याएको जानकारी दिएका छन्। 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया