थप एक चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस (कोभिड १९) विरुद्धको थप एक खोपलाई आपतकालीन अनुमति दिएको छ । योसँगै अब चीनका मात्र दुई खोप विश्वभर मान्यता पाएका छन् ।

नयाँ अनुमति पाएको खोप चीनको कम्पनी सिनोभ्याकले बनाएको हो । यसअघि चीनको सिनोफार्म नामको कम्पनीले बनाएको खोपलाई पनि विश्वभर प्रयोगका लागि अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभर यो खोप प्रयोगका लागि सुरक्षित भएको बताएको छ । 

संगठनको स्वीकृति पाएसँगै अब चीनले यो खोप अन्य देशलाई पनि पठाउन सक्ने भएको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ६:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया