थप ४ टिमलाई आइसिसीले दियो विश्वकप खेल्ने मौका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले थप ४ टोलीलाई एकदिवसीय र टि–२० विश्वकप क्रिकेटमा सहभागी हुने मौका दिएको छ । आइसिसीले विश्वकपमा सहभागी हुने टिमको संख्या बढाएको छ ।

आइसिसीले मंगलबार एकदिवसीय विश्वकपमा सहभागी हुने टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । यससँगै एकदिवसीय विश्वकपमा थप ४ टोलीले सहभागिताको अवशर पाएका छन् । 

आइसिसीको नयाँ निर्णयअनुसार अब २०२७ र २०३१ मा हुने विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

एकदिवसीय सँगै आइसिसीले टि–२० विश्वकपमा सहभागी हुने टिम संख्या पनि बढाएको छ । अब २० टिमले टि–२० विश्वकप खेल्न पाउने भएका छन् । 

आइसिसीका अनुसार सन् आगामी चार टि–२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म टि–२० विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

तर, यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा भने १६ टिमले मात्रै खेल्नेछन् । आइसिसीले सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टि–२० विश्वकप आयोजना गर्ने निर्णय समेत गरेको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ७:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया