काश्मिरमा भारतीय जनता पार्टीका नेताको गोली हानी हत्या

भारतको जम्मु काश्मिरमा भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या भएको छ । भारतीय जनता पार्टीका स्थानीय नेता राकेश पण्डितको बुधबार राति अज्ञात बन्दुकधारीको आक्रमणबाट मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन् ।

भाजपा नेता पण्डितमाथि जम्मु काश्मिरको पुलवामा जिल्लाको त्राल पायिन क्षेत्रमा गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ । 

भारतीय मिडियाका अनुसार पण्डित त्राल पायिनमा रहेका आफ्ना साथीलाई भेट्न जाँदै थिए ।  भाजपाका पार्षद रहेका उनको साथमा दुई सुरक्षाकर्मी रहने भएपनि उनी सुरक्षाकर्मीबिना नै हिडेँका थिए  । उनको साथमा रहेकी उनकी साथीकी छोरीलाई गोली लागेर घाइते भएकी छिन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार ८:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया