‘मलाई स्पष्टीकरण सोधेको थाह छैन’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको थाह नभएको बताएका छन् ।

‘स्पष्टीकरण सोधिएको मलाई थाह छैन’, नेता शाहले भने । ‘फेसबुक, ट्विटर, भाइबर कहीँ पनि मलाई चिठ्ठी आएको छैन ।’ स्पष्टीकरण सोधिहालेमा आफू जवाफ फर्काउन तयार भएको उनले बताए । यसअघि प्रदेश कमिटीले सोधिएको स्पष्टीकरणमा पनि आफूले जवाफ फर्काएको बताए ।

यसअघि उनलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १६:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया