'संविधानवाद स्थापित भयो, अब नयाँ जनादेशमा जुटौँ'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले देशमा संविधानवाद स्थापित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी सरकारमा सामेल भएसँगै देशमा संविधानवाद स्थापना भएको बताएका हुन् । 

संविधानको विरोधमा रहेका व्यक्ति नै संविधानअनुसार सरकारमा सामेल भएपछि अब देशमा संविधानवाद स्थापित भएको मुख्यमन्त्री पोखरेलले बताए । 

देशमा अब संविधानवाद स्थापित भएसँगै चुनावको अभियानमा जुट्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा लाग्नुपर्ने बताए । 

 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १०:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया