logo-img

ललितानिवास प्रकरण : ४९ जनाविरुद्ध मालपोत कार्यालयले निकाल्यो २१ दिने सूचना

ललितानिवास सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौं मालपोत कार्यालयले विपक्षीहरुको नाममा २१ दिने सूचना जारी गरेको छ । ललितानिवास परिसरमा जग्गा भएका ४९ जनाविरुद्ध गोरखापत्रमा सूचना निकालिएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित ललितानिवास परिसरमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा जग्गाधनीहरु ४९ जनालाई उक्त जग्गा सरकारको नाममा ल्याउनेगरी २१ दिने सूचना जारी भएको हो । 

ललितानिवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मुख्य आरोपी शोभकान्त ढकालसहित ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना निकालेको हो । 

गत चैत २० गतेको भूमिसुधार कार्यालयको आदेशअनुसार जग्गाधनी ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले २१ दिनको समय दिएर पत्रिकामा सूचना निकालेको हो ।

उक्त सूचनामा ४९ जना व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनु नपर्ने केही कारण भए २१ दिनभित्र पेस गर्न भनिएको छ । सम्बन्धित जग्गा धनीले कारणसहित जवाफ नदिए जग्गा सरकारको नाममा आउने छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १०:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया