राप्रपामा नेतृत्व प्रतिस्पर्धा : कमल थापाले दिए दुई अध्यक्षलाई अल्छी घोडाको संज्ञा
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षको कार्यशैली र क्रियाशीलतालाई लिएर रथ र घोडाको उदाहरण दिएका छन् । उनले पार्टीका अन्य दुई अध्यक्षमाथि कटाक्ष पनि गरेका छन् । 

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीमाथि शब्द वाण हानेका हुन् । एकताको समयमा धेरै अध्यक्ष हुँदा पार्टीले गति नलिने शंका लागेको पनि उनले बताए । 

थापाले धेरै घोडाले तानेको रथले गति नलिने थाहा हुँदाहुँदै तीव्र गति नलिएपनि सामान्य गतिमा हिँड्ने विश्वासमा पार्टी एकता गरिएको तर गतिहीन होला भन्ने नसोचिएको बताए । 

थापाले लेखेका छन्, 'दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।'

अध्यक्ष थापाले आफू दुई अध्यक्ष बीचमा च्यापिएको र आफ्नो गति पनि लिन नसकेको उल्लेख गरेका छन् । थापा लेख्छन्, 'दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।'



 



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १०:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया