सभामुखले डाकेको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २८ गतेका लागि डाकेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। 

सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न डाकेको उक्त बैठकमा ओली सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

प्रधानमन्त्री कार्यालय सिंहदरबार भएको भन्दै थापाले सभामुखले बैठकमा आउन भन्दै पार्टी कार्यालयमा पत्र पठाएर बोलाउनु गलत भएको तर्क गरेका छन्। ‘प्रधानमन्त्रीलाई कहाँ पत्र पठाउनुपर्छ भन्ने सभामुखलाई थाहा रहेनछ', थापाले भने, 'बालुवाटार र सिंहदरबारमा पत्र पठाउनुपर्ने हो तर पार्टी कार्यालयतिर पुगेछ।’

सभामुख सापकोटाले नयाँबानेश्वरको संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसहित विघटन संसदका दलहरूका नेतालाई सहभागी हुने गरी सर्वदलीय बैठक डाकेका छन्। 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार २१:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया