६ इङ्ग्लिस क्लबलाई प्रिमियर लिगको कारबाही

इङ्ग्लिस प्रिमियर लिगले लिग खेल्ने ६ वटा क्लबलाई कारबाही गरेको छ । नयाँ प्रतियोगिता युरोपियन सुपर लिग (इएसएल) मा आयोजकको रुपमा सहभागी भएका ६ क्लबलाई लिगले जरिवाना गरेको हो ।

प्रिमियर लिगले ६ वटा क्लबलाई संयुक्त रुपमा २० मिलियन पाउण्ड जरिवाना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । लिग र युइएफएको नियमविपरीत नयाँ लिगको सुरुवात गर्न तयार भएका क्लबहरु जरिवानामा परेका हुन् । 

प्रिमियर लिगको कारबाहीमा परी जरिवाना तिर्ने क्लबमा इएसएलको घोषणा गर्दा संस्थापक क्लबका रुपमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् । 

सुरुवातमा संस्थापकको रुपमा रहेका प्रिमियर लिगका ६ वटै क्लबले प्रतियोगिताको चौतर्फी आलोचना भएपछि सुपर लिगबाट हात झिकेका थिए । युरोपमा रहेका १२ क्लबले आफ्नो नतृत्वमा रहने गरी इएसएलको घोषणा गरेका थिए ।

रियल मड्रिडका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा इएसएलको घोषणा गरिएको थियो । तर, अब इएसएलको संस्थापक क्लबमा बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र रहेका छन् ।

अन्य क्लबले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेका छन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ६:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया